विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, ०८ : ५२
विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

एजेन्सी । विश्वकप क्रिकेटअन्तर्गत बैंगलोरमा भएको खेलमा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले रोमाञ्चक जित हासिल गरेको छ। 

अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराएको हो।अस्ट्रेलियाले पाकिस्तानलाई जितका लागि ३६८ रनको लक्ष्य दिएको थियो। पाकिस्तानको पूरा टोली ४५.३ ओभरमा ३०५ रन बनाएर आउट भएको थियो।

एडम जाम्पा अस्ट्रेलियाका सबैभन्दा सफल बलर भए। उनले १० ओभरमा ५३ रन दिएर चार विकेट लिए। प्याट कमिन्स र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए।

पाकिस्तानका लागि इमाम उल हकले ७० रन तथा अब्दुल्लाह सफिफले ६४ रनको योगदान दिए।

पाकिस्तानले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो।