काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिइएको छ । अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रवार प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानासमक्ष निवेदन दिएका हुन् ।
विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभै वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकोले गैरकानुनी निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको छ ।
यसको बोधार्थ संघको सचिवालय र परराष्ट्र मन्त्रालयसमेतलाई दिइएको छ । एनआरएनएको गएराति सार्वजनिक नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिए पनि दुई उम्मेदवारले धाँधलीको आरोप लगाउँदै मत परिणाम अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा