झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिखेर गृहजिल्ला झापामा छन् । दसैँतिहार, छठ पर्वको अवसरमा ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ ।
कार्यक्रमस्थल बिर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन् ।
केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए ।
केपी ओली सहभागी हुने कार्यक्रम स्थल सिटी सेन्टर दुर्गा प्रसाईँको बीएण्ड सी अस्पतालभन्दा २ सय मिटरजति टाढा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
आफ्नो कुनै गल्ती नै नभएको ओलीको दावी : मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली