सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् ।
लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताए ।
उनले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए । नेता महतोले सङ्घीय शासन प्रणाली कार्यान्वयन भएको सात वर्षको अवधिमा जनअपेक्षाअनुसार काम नभएको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : ४०
लेखकबाट थप