सरकारले अझै घटायो खसी–च्यांग्राको मूल्य, अब प्रतिकिलो कति?

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : ३७
सरकारले अझै घटायो खसी–च्यांग्राको मूल्य, अब प्रतिकिलो कति?

काठमाडौ । सरकारले चाडपर्वका बेला उपभोक्तालाई सहज होस् भनी खसी तथा च्याङ्ग्रा खरिदमा अझ सहुलियत दिएको छ।  

आजैबाट लागू हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट घटाएर ६५० र च्यांग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँबाट घटाएर प्रतिकिलो १ हजार २२५ कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

उक्त निर्णय बिहीबार गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस