एनआइसी एशिया लघुवित्तले घोषणा गर्‍यो लाभांश

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १२ : ५१
एनआइसी एशिया लघुवित्तले घोषणा गर्‍यो लाभांश

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ हजार ९४ लाख ४० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधामा कम्पनीले लाभांश दिन लागेको हो।

प्रतिक्रिया दिनुहोस