कोशीमा विद्रोह गरेर कुनै बहादुरी भएको छैन, विश्वास मत भने दिन्छौँ : राजेन्द्र राई

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १४ : २१
कोशीमा विद्रोह गरेर कुनै बहादुरी भएको छैन, विश्वास मत भने दिन्छौँ : राजेन्द्र राई

काठमाडौँ । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनकै सरकार बनाइदिएकोमा नेकपा (एमाले) लाई धन्यवाद दिएका छन्। नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको प्रस्ताव पेश गरेपछि छलफलमा भाग लिएका राईले ४७ जना सांसदको समर्थनमा रहेको सरकार ढालेर ४७ जना नै बोकेर एमाले सरकार बनाउन लागेको बताए।

‘कोशीमा गठबन्धन सरकार बनाउन सकस थियो। गठबन्धन सरकार बनाइदिएकोमा एमालेलाई धन्यवाद,’ प्रदेश सभामा बोल्दै उनले भने, ‘अनेक बहाना गरेर बहुमतको सरकार टिक्न र चल्न नदिने ? ४७ जना बोकेर सरकार बनाउन लाग्नु कति नैतिक हो ?’

उनले मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै कुनै बहादुरी नगरेको पनि बताए। ‘विद्रोह गरेर कुनै बहादुरी भएको छैन,’ उनले भने। उनले अहिले बनेको गठबन्धन अस्वभाविक भएको पनि बताए। 

‘सिद्धान्ततस् हामीले अहिले समर्थन गर्न नमिल्ने हो,’ उनले भने, ‘तर हामी मत दिन्छौँ, गठबन्धनले निर्णय नै गरिसकेको छ।’ गठबन्धनकै सरकार बन्छ भन्ने शङ्काको सुविधासहित मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस