काठमाडौँ । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।
नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ ।
एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । शृङ्खलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे हुनेछ ।
रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित