चितवन एमालेले गर्‍यो चार जनालाई जिल्ला सदस्य मनोनित

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १९ : ३५
चितवन एमालेले गर्‍यो चार जनालाई जिल्ला सदस्य मनोनित

चितवन । नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ। 

एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो।

मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।