कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १९ : ४३
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क नजिकबाट १ ग्राम लागूऔषधसहित अछामको साँफेबगर नगरपालिका-१० घर भइ हाल टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय मनोज भुल शुक्रवार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यसैगरि कैलालीको धनगढी उपमहानरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम लागूऔषधसहित धनगढी–१ पशुपती टोलका १८ वर्षीय किशोरी शुक्रवार दिउँसो पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिईएको प्रहरी टोलील चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

प्रतिक्रिया दिनुहोस