काठमाडौँ । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कार्तिक ७ गते अर्थात् वडा दसैँ (दशमी) को दिन सम्म लागू हुनेछ ।
साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूले आफूलाई आवश्यक सर समानहरू खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन् ।
यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिन देखि कार्तिक ७ गतेसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड लोड सुविधा
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु