काठमाडौँ । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कार्तिक ७ गते अर्थात् वडा दसैँ (दशमी) को दिन सम्म लागू हुनेछ ।
साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूले आफूलाई आवश्यक सर समानहरू खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन् ।
यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिन देखि कार्तिक ७ गतेसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका