काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भेटवार्तामा विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो ।
जवाफमा उपनिर्देशक बो लीले भने, ‘सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौँ, हामीले सुधार गर भन्ने नै हो ।’
छलफलपछि ईसीएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आईएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ ।
थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्ने बारेमा छलफल भएको बताइएको छ । छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट