काठमाडौं। एनआरएनएको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा एनआरएनए अभियन्ताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिरहेका छन्।
यसैक्रममा पर्वत घर भई विगत अढाई दशकदेखि युरोपेली देश अष्ट्रियामा बसोवास गरिरहेका सागर सुवेदीले एनआरएनए युरोप संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेर आफूलाई चुनावी मैदानमा उतारेका छन् ।
अभियानमा रहेको युरोपको सबैभन्दा ठूलो मेडिसिन विश्व विद्यालयमा “एकेडेमिक आपतकालीन नर्सिङ अधिकारीको” रूपमा सुवेदी एनआरएनए अभियन्ताको रूपमा युरोप क्षेत्रमा विशेष पहिचान बनाएका छन्। हालको कार्यकालमा एनारएनए युरोप उप- संयोजकको रूपमा जिम्मेवारी निभाइरहेका छन् ।
नेपालको अहिलेको शासकीय प्रणालीभन्दा फरक विचार राख्ने सुवोदीले एक घोषणापत्र जारी गर्दै “आफ्नो आस्था जेसुकै भए पनि एनआरएनएको माध्यमबाट मातृभूमिसँग जोडिएर नेपाली समुदायको हितका लागि काम गर्ने” बताएका छन्। सुवेदी भन्छन्- 'एनआरएनएमा व्यापक सुधारको खाँचो छ, हामी युवा पुस्ता आजको समाजलाई सुहाउँदो एनआरएनए बनाउन चाहन्छौं ।'
उनले थपे, 'मैले एनआरएनएमा जति काम गरिसकें, त्यसले मलाई धेरै कुरा सिकाएको छ । नेपाली समुदायको हितका लागि अझै केही गर्ने अठोट पलाएको छ । यसैका निम्ति मेरो उम्मेदवारी हो ।'
नेतासँग फोटो खिचेर रवाफ देखाउने काम आफूले नगर्ने वाचा पनि उनले गरेका छन् । 'नेपालको राजनीतिक नेतृत्वलाई यहाँबाट टिकट काटेर, होटल बूकिङ गरेर रिझाउँदै उहाँहरूसँग तस्वीर लिएर आफ्नो रवाफ देखाउने काम मात्र नगरी बैठकमा अनावश्यक अतिथि बोलाएर निद्रा लाग्ने भाषणहरूलाई बन्द गर्ने योजनासमेत बनाएको छु,' उनले भने ।
विषयगत शिक्षालाई नेपाल र युरोपका विश्वविद्यालय, प्राविधिक विद्यालयबाट ज्ञान र सीप आदानप्रदानका लागि आफूसँग ठोस योजना भएको सुवेदीले बताएका छन्। नेपालको नर्सिङ शिक्षाको विषयलाई युरोपका सम्बन्धित निकायहरूमा समन्वय गराई स्तर अभिवृद्धिका गर्ने उनको चाहना छ ।
युरोप महाद्वीपमा लोकप्रिय खेल फूटबललाई नेपाली युवा पुस्तालाई एक आपसमा जोड्ने माध्यम बनाउँदै एनआरएनए युरोकप आयोजना गर्ने उनको महत्त्वकांक्षी योजना छ। सुवेदी भन्छन्- 'हामीले दोस्रो पुस्तालाई केवल भाषण सुनाएर मात्रै हुँदैन, सामाजिक- सांस्कृतिक सम्बन्धहरूको जगेर्नासँगै खेल क्षेत्रमा पनि विशेष ध्यान दिन जरुरी छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय
गैंडाकोटका गैरेद्वय एनआरएनए सचिवमा निर्वाचित