काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताएका छन् । शुक्रबार नेपाली काँग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसलाई काँग्रेसजस्तै बनाइने दाबी गरे।
कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै थापाले काँग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताएका हुन्। कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोले र काँग्रेसबाट नेता शेखर कोइरालानिकट केदार कार्कीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा बिहीबार दाबी पेश गरेका थिए।
थापाले काँग्रेसलाई विगतको जस्तो बलियो बनाइने बताएका छन्। ‘काँग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र काँग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ महामन्त्री थापाले भने, ‘काँग्रेसलाई काँग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ।’
उनले आफूलाई केन्द्रमा राखेर राजनीति नगरिएको पनि बताएका थिए। उनले २०८२ सालमा हुने पार्टीको १५ औँ महाधिवेशनसम्म काँग्रेसलाई काँग्रेसजस्तै बनाइने बताए।आफूमाथि कहिलेकाहीँ पार्टीभित्रै घेराबन्दी हुने गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड