सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।
काठमाडौं । द्वन्दग्रस्त इजरायलबाट स्वदेश फर्किन थप २ सय जना नेपालीले आफ्नो विवरण टिपाएका छन् । इजरायलेको तेल अबिबस्थित नेपाली दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि खुलाएको अनलाइन आवेदनमार्फत दुई सय जना नेपालीले नेपाल फर्किन चाहेका हुन्।
दुतावासका अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको छ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहाने सबैलाई ल्याउने प्रक्रिया सुरु गरेको छ । शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।
सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी
शनिबार बिहानको आक्रमणमा इजरायलमा दुई जनाको मृत्यु
इजरायली आक्रमणबाट ७८ जना इरानीको मृत्यु, तीन सय बढी घाइते
हमासका गाजा प्रमुख मारिएको इजरायलको दाबी
विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु
सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध