काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा दश अथवा सो भन्दा बढी अनुपस्थित संसद् सदस्यहरूको अनुपस्थितिको सूचना पेस गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची तय
प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभामा २३ सांसदका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुने
प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै