काठमाडौ । इजरायलबाट २ सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको विमान काठमाडौं अवतरण गरेको छ।
बिहीबार बिहान नेपाल एयरलाइन्सको ए३३० विमान यूएई हुँदै इजरायल पुगेको थियो। इजरायलको राजधानी तेल अभिबस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट अलपत्र नेपाली बोकेर विमान काठमाडौं उत्रिएको हो।
गत असोज २० गते (शनिबार) प्यालेस्टायनको लडाकु समूह हमासले इजरायलका केही स्थानमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो।
‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायलका विभिन्न सहरमा पुगेका नेपालीहरू हमासको आक्रमणबाट जोगाउन सरकारले उद्धार गर्दै नेपाल ल्याएको हो।नेपालीहरूलाई लिन सोही जहाज चढेर परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका थिए।
इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ।
यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।
यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए। इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ।
इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको बताइएको छ। हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो।
परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
इजरायलले गर्यो गाजामा हमला, कम्तीमा ३२ जनाको मृत्यु
ओमान र इजरायलसँग श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी