काठमाडौं । इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।
आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।
मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का