कालोबजारीलाई सरकारले प्रश्रय दिएको एमालेको आरोप

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : २३
कालोबजारीलाई सरकारले प्रश्रय दिएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उनले आरोप लगाए ।

उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । त्यो बजारमा आउन सकेको छैन । अहिले कालोबजारी मौलाएको छ । सरकारले त्यस्ता कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यतिठूलो खेलबाड नगरोस् ।’

उनले जनताले पाउने अधिकार कुण्ठित नगर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस