बौद्धमा गोली हानेर प्रहरीले समात्यो लुटेरा

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : २०
बौद्धमा गोली हानेर प्रहरीले समात्यो लुटेरा

काठमाडौँ । काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । सिन्धुली घर भएका ती युवक घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो । घटनाबारे थप विवरण आइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस