स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न समिति गठन

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : १२
स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न समिति गठन

काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव कमल भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (आज) मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो । 

समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टङ्क बहादुर महत, प्रशासनका उपसचिव खिलराज राई रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस