काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग जनताको आश पनि नभएको बताए ।
सांसद पौडेलले भने, ‘महँगीको बारेमा जति कुरा गरे पनि सरकारले नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन ।’ उनले पछिल्लो समय प्रविधिको माध्यमबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
उनले भने, ‘ठगीको नयाँ धन्दा सुरु भएको छ । टिकटक फेसबुकलगायत सामाजिक सञ्जालमा सामान किन भनेर विज्ञापन गर्ने, अनलाइनको माध्यमबाट पैसा भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने एकाउन्ट बन्द हुने प्रवृत्ति बढेको छ । सरकारले यस्तो ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई सक्रिय बनाओस् ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई लुम्बिनीमा झट्का, निर्वतमान सांसदले नै छोडे पार्टी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’