काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग जनताको आश पनि नभएको बताए ।
सांसद पौडेलले भने, ‘महँगीको बारेमा जति कुरा गरे पनि सरकारले नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन ।’ उनले पछिल्लो समय प्रविधिको माध्यमबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
उनले भने, ‘ठगीको नयाँ धन्दा सुरु भएको छ । टिकटक फेसबुकलगायत सामाजिक सञ्जालमा सामान किन भनेर विज्ञापन गर्ने, अनलाइनको माध्यमबाट पैसा भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने एकाउन्ट बन्द हुने प्रवृत्ति बढेको छ । सरकारले यस्तो ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई सक्रिय बनाओस् ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल