काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् । थापाले राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताए । अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको थापाले बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाको धारणा थियो ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा थापाले भने,‘नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन,’ थापाले भने । नियुक्ति प्रक्रियाको मापदण्ड बदल्नै पर्ने उनले बताए ।
क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने थापाले बताए । राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्न तर्क थापाले राखे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा