काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् । थापाले राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताए । अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको थापाले बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाको धारणा थियो ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा थापाले भने,‘नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन,’ थापाले भने । नियुक्ति प्रक्रियाको मापदण्ड बदल्नै पर्ने उनले बताए ।
क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने थापाले बताए । राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्न तर्क थापाले राखे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड