मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

रासस

बुधबार, २४ असोज २०८०, ०९ : १४
मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखा परेको छ । भित्र्याउन लागेको याममा रोगले धान बालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए ।

उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सी धान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धेरै क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस