आन्तरिकतर्फ हवाई यात्रुको चाप बढ्यो

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, ०७ : ३४
आन्तरिकतर्फ हवाई यात्रुको चाप बढ्यो

काठमाडौं । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । 

काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध  एयरका  प्रवक्ता  दीपेन्द्रकुमार  कर्णका  अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो  ठ्याक्कै  यो  दिन  टिकट  खुल्ने  भन्ने  व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । 

उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर  उड्न  चाहनेले  महँगो  टिकट  लिन  सक्ने  भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस