काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् ।
अतिवादी समुह हमासद्धारा इजरायलमा गराईएको आक्रामणमा परी १० नेपालीको ज्यान गए पछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन् ।
‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना ।’
इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रामणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा