इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छलफल

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, ११ : ४४
इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छलफल

काठमाडौं। इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।आइतवार बिहानैदेखि परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली बैठक र आन्तरिक छलफलमा जुटेको छ ।

अहिले इजरायलको अवस्था हेरेर आवश्यकताअनुसार नेपालीको उद्धार, उपचार र कूटनीतिक पहलमा  जुट्ने सरकारी तयारी छ ।‘इजरायलमा रहेका नेपालीकाबारे निर्णय गर्न अहिले परराष्ट्र मन्त्रालयमा बैठक जारी छ,’ मन्त्री साउदको सचिवालयका देवराज जोशीले भने, ‘बैठक केहीबेरमा सकिन्छ।

’ शनिबार बिहानैदेखि हमासले आकाश, समुन्द्र र स्थलमार्गबाट इजरायमा आक्रमण तीब्र बनाएको छ, जसका कारण दक्षिणी इजरायलको गाजाक्षेत्र निकै तनावग्रस्त छ । गाजा क्षेत्रमा कृषि अध्ययन र काम गर्न गएका अधिकांश विद्यार्थी प्रभावित भएका छन् । उनीहरूले आफ्नो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिमा त्यहाँ कार्यरत ९ जना नेपाली घाइते भएको जनाइएको छ, जसमा २ जनाको अवस्था गम्भीर छ ।त्यहाँ कार्यरत नेपालीको पछिल्लो अवस्थाबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस