काठमाडौं। इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।आइतवार बिहानैदेखि परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली बैठक र आन्तरिक छलफलमा जुटेको छ ।
अहिले इजरायलको अवस्था हेरेर आवश्यकताअनुसार नेपालीको उद्धार, उपचार र कूटनीतिक पहलमा जुट्ने सरकारी तयारी छ ।‘इजरायलमा रहेका नेपालीकाबारे निर्णय गर्न अहिले परराष्ट्र मन्त्रालयमा बैठक जारी छ,’ मन्त्री साउदको सचिवालयका देवराज जोशीले भने, ‘बैठक केहीबेरमा सकिन्छ।
’ शनिबार बिहानैदेखि हमासले आकाश, समुन्द्र र स्थलमार्गबाट इजरायमा आक्रमण तीब्र बनाएको छ, जसका कारण दक्षिणी इजरायलको गाजाक्षेत्र निकै तनावग्रस्त छ । गाजा क्षेत्रमा कृषि अध्ययन र काम गर्न गएका अधिकांश विद्यार्थी प्रभावित भएका छन् । उनीहरूले आफ्नो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिमा त्यहाँ कार्यरत ९ जना नेपाली घाइते भएको जनाइएको छ, जसमा २ जनाको अवस्था गम्भीर छ ।त्यहाँ कार्यरत नेपालीको पछिल्लो अवस्थाबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’