हान्झाउ। चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ । वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको छ ।
वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ । पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८।२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।
तर पछि पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला भलिबल : नेपाल भारतसँग पराजित
एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित
१९औँ एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा