हेटौंडा। मकवानपुरको थाहा नगरपालिका १ कुन्छालमा शनिवार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका ५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु