काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइलको अन्तिम परीक्षणमा सफलता प्राप्त गरेको दाबी गरेका छन ।
यस हतियारले संसारको जुनसुकै स्थानमा आक्रमण गर्न सक्ने बताइएको छ । वैज्ञानीकहरुले दिएको हालसम्मको जानकारी अनुसार आणविक उर्जाबाट चल्ने क्रुज मिसाइल परमाणु शक्तिबाट सञ्चालन हुन्छ ।
राष्ट्रपति पुटिनले गरेको यो दाबी स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । क्रुज मिसाइल कम उचाइमा उड्ने, आणविक हतियार बोक्न सक्ने र असीमित मारक क्षमता भएको क्षेप्यास्त्र भएको पुटिनको दाबी रहेको छ ।
रुसी रक्षा मन्त्रालयले भने अहिलेसम्म यस सम्बन्धमा जानाकारी गराएको छैन ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० असोज २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह