इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डरमा कुशल, रोहित र दिपेन्द्र

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १९ : ३२
इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डरमा कुशल, रोहित र दिपेन्द्र

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् ।

कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले ब्राण्ड एम्बेस्डर बनाएको हो ।

तीन खेलाडीसँग २ वर्षको लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार यी तीनै खेलाडीले जनही वार्षिक ६ लाख रुपैयाँ र अन्य विभिन्न सुविधा सहित प्राप्त गर्ने छन् ।

त्यसवापत उनीहरूले सम्बन्धित ब्राण्डको बजारीकरणमा सहयोग गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस