चापाकोट स्याङजाकी सिनियर अहेव विन्दु कोइरालाविरुद्ध ९० लाखको भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १६ : ४१
चापाकोट स्याङजाकी सिनियर अहेव विन्दु कोइरालाविरुद्ध ९० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङजाको चापाकोट नगरपालिकाकी सिनियर अहेव विन्दु कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले शुक्रवार उनीविरुद्ध ९० लाख ३९ हजार ६२० रुपैयाँ ३९ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान शुरू गरेको थियो ।अनुसन्धानका क्रममा सार्वजनिक सेवामा नियुक्ति पाएको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्म उनको आय २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ रहेको पाइएको थियो ।

त्यस्तै सोही अवधिमा उनले ३  करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस