चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै आठ फिल्म संस्थाले बुझाए पत्र

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १२ : ५७
चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै आठ फिल्म संस्थाले बुझाए पत्र

काठमाडौं । चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै फिल्मसम्बद्ध आठ संस्थाले शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई मागपत्र बुझाएका छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने माग राख्दै उनीहरुले मागपत्र बुझाएका हुन् । विधेयकलाई बोर्डको स्वायत्तता बाहिर गएर बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् ।

चलचित्र निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व कलाकार संघ, नृत्य संघ र आदिवासी जनजाति चलचित्र महासंघले बुझाएको संयुक्त निवेदनमा चलचित्र विधेयकमाथि गम्भीर असहमति जनाइएको उल्लेख छ ।

पत्र बुझ्दै बोर्ड अध्यक्ष भुवन केसीले बोर्डको स्वायत्तताको आन्दोलनमा आफ्नो पनि ऐक्यबद्धता रहेको बताएको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस