राष्ट्रियसभा बैठकका सरकारसँग सांसदहरूको मागः दशैँ आयो, बजार अनुगमन गर्नू

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १४ : ३०
राष्ट्रियसभा बैठकका सरकारसँग सांसदहरूको मागः दशैँ आयो, बजार अनुगमन गर्नू

काठमाडौं। राष्ट्रियसभाका सांसदहरूले दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ। 

बिहीवारको बैठकको शून्य सयमा  सांसद उदयबहादुर बोहराले भने, दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक  मूल्यवृद्धिले समस्या भएकोे छ ।

चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको जनाउँदै उनले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।सांसद कृष्णप्रसाद पौड्यालले बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइत भएको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ रु यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस