सुत्केरी व्यथा लागेर थला परेकी महिलाको १७ घण्टापछि हेलिकप्टरमार्फत उद्धार

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १४ : ०६
सुत्केरी व्यथा लागेर थला परेकी महिलाको १७ घण्टापछि हेलिकप्टरमार्फत उद्धार

काठमाडौं। हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई १७ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीवार बिहान पुर्याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए ।

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिलस्थिति  (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधवार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीवार बिहान मात्र सुर्खेत पुर्याएको उनको भनाइ थियो ।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च सङ्घीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट ब्यहोरिने भएको छ।