नेकोश खेलकुद महोत्सव : कराँतेका लागि बागमतीबाट १२ खेलाडी छनौट

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १३ : ३१
नेकोश खेलकुद महोत्सव : कराँतेका लागि बागमतीबाट १२ खेलाडी छनौट

चितवन  । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने नेकोश खेलकुद महोत्सवमा बागमती प्रदेशबाट कराँतेका १२ खेलाडी सहभागी हुने भएका छन् । नेपाल कराँते महासंघ बागमती प्रदेशले महोत्सवको कराँते प्रतियोगिताका लागि १२ खेलाडी छनौट गरेको हो । महासंघले पुरुष कुमुतेतर्फ पाँच, महिला कुमुतेतर्फ पाँच तथा महिला र पुरुष काँतातर्फ समान एक-एक खेलाडी छनौट गरेको छ ।

पुरुष कुमुतेतर्फ ६० केजी ताैलमा चितवनका मिलन नेपाली, ६७ केजीमा मकवानपुरका निमा शेर्पा, ७५ केजीमा काठमाडौंका रविन त्रिपाठी, ८४ केजीमा रसुवाका पासाङ ग्याल्जेन र ८४ केजीमाथिमा चितवनका जीवन महतो रहेका छन् ।

महिला कुमुतेतर्फ ५० केजी ताैल समूहमा दोलखाकी सोनाम शेर्पा, ५५ केजीमा काठमाडौंकी सृजना महतरा, ६१ केजीमा काठमाडौंकी रमिता माझी, ६८ केजीमा काठमाडौंकी कालाहाङ लिम्बु र ६८ केजी माथिमा ललितपुरकी सुजाता घिसिङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै पुरुष काँतामा सिंधुलीका निरजकुमार सिंजाली मगर तथा महिला काँतामा ललितपुरकी मिरा खातीले बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष गगन लामाले जानकारी दिए । प्रशिक्षकको रुपमा गुजय सिंह र टिम व्यवस्थापकमा दुर्गा कुमाल रहेका छन् । प्रतियोगिता कराँते महासंघको केन्द्रीय हल सातदोवाटो ललितपुरमा असोज २० देखि २३ गतेसम्म हुनेछ ।  

 

 

प्रतिक्रिया दिनुहोस