एसियन गेम खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १२ : ५१
एसियन गेम खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो । क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट बञ्चित हुँदै नेपाल फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस