दसैँको मुुखमा चामल, दाल, चिउरालगायतको भाउ बढ्यो

पत्रपत्रिकाबाट

विहीबार, १८ असोज २०८०, ०८ : ३९
दसैँको  मुुखमा चामल, दाल, चिउरालगायतको भाउ बढ्यो

काठमाडौ । दसैँको  मुुखमा  अत्यावश्यकीय  खाद्यान्न  चामल, दाल, चिउरा, आँटा, गेडागुुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ ।

आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले  झनै  आक्रान्त  बनेका  छन्  ।  पछिल्लो  एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तुु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ ।

चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ । नेपाल  खुुद्रा  व्यापार  सङ्घका  अनुसार  अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुुगेको छ । रहर दाल प्रतिकेजी १८० रुपियाँबाट  बढेर  २७०  रुपियाँ  पुुगेको  छ  ।  सो  अवधिमा सेतो केराउ प्रतिकेजी १३० रुपियाँबाट बढेर १६० रुपियाँ, सानो केराउ प्रतिकेजी १७० रुपियाँबाट बढेर २२५ रुपियाँ पुुगेको छ । हरियो केराउ बजारमा अहिले पाइनै छोडेको छ ।

दैनिक  भान्छामा  प्रयोग  हुुने  जिरा  गेडा  प्रतिकेजी पाँच सय रुपियाँ रहेकामा अहिले बढेर प्रतिकेजी एक हजार तीन सय रुपियाँ पुुगेको छ भने मेथी, ज्वानोलगायतमा प्रतिकेजी एक सय रुपियाँसम्म बढेको खुुद्रा व्यापार सङ्घले जनाएको छ । त्यस्तै चिनी प्रतिकेजी ९० रुपियाँबाट बढेर १५० रुपियाँ पुगेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस