मकवानपुरको वाग्मती गाउँपालिकामा माओवादी अभियानले ल्यायो उत्साह

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १४ : ५८
मकवानपुरको वाग्मती गाउँपालिकामा माओवादी अभियानले ल्यायो उत्साह

मकवानपुर । मकवानपुरको वाग्मति गाउँपालिकामा माओवादी रुपान्तरण अभियानले तिव्रता पाएको छ । माओवादी रुपान्तरण अभियान अन्तर्गत जिल्लाभरिको विभिन्न पालिकाहरुमा माओवादीहले रुपान्तरण अभियानलाई तिव्र पारेको हो । जनतासँगको सम्बन्धलाई थप सुदृढिकरण गर्ने र पार्टि निर्माणमा जनस्तरबाटै सुझाव लिन माओवादी पार्टिले तीन महिने अभियान घोषणा गरेको थियो । जनजनमा माओवादी घरघरमा माओवादीु नाम दिएर सुरु गरेको अभियानमा अहिले माओवादी नेता कार्यकर्ताहरु देशैभर केन्दिृत भएका छन् भने विभिन्न कार्यक्रमहरु आयोजना गरी उनिहरु जनताको गुनासो र सुझावहरु सुनिरहेका छन् । जनश्रममा जोडिएर जनताको दैनिकी अप्ठेराहरुलाई सल्टाउने कार्यमा पनि उनिहरु सक्रिय रहेका छन् ।

माओवादी पार्टीले अभियानकै सिलसिलामा आफ्नो विभिन्न जनवर्गिय संगठनहरुलाई पनि पुर्नगठन् गरेका छन्, पार्टी केन्द्रिय सदस्य विष्णु प्रसाद सापकोटाको नेतृत्वमा पालीकाभरीनै जवसहरुको पुनर्गठन गरिएको छ । पालिकाको वडा नं १ मा ११ वटा टोल पार्टी कमिटी एवं जबस मोर्चा पुनर्गठन गर्दै पार्टी नविकरण एवं नयाँ सदस्यता वितरणलाई तिव्रता दिने स्थानीय प्रतिनिधिहरुले प्रतिवद्धता व्यतm गर्दै अभियानलाई उत्कर्षमा पुुर्याउने प्रतिबद्धता गरेका छन् ।

यस्तै पालिकाकै वडा नम्बर १ भैँसे टोलमा मने पहरीको नेतृत्वमा पार्टी कमिटीको पुनर्गठन गरिएको छ,वडा नंम्बर २ राईटोलमा नेपाल दलित मुक्ति मोर्चाको प्रथम वडा भेला सम्पन्न भएको छ, तिलक बहादुर विकको नेतृत्वमा १३ सदस्यि वडा कमिटी चयन गरिको हो । वडा नं ४ पाँचपाण्डवमा पनि पार्टी टोल कमिटीको गठन गरिएको छ भने माझी मुक्ति मोर्चा र वाईसिएलको भेला गरिएको छ ।

यस्तै पालिकाकै वडा नंम्बर ३ अन्तरगत सिम्वलटार पिपलटार र पाङ्दमारमा पनि पार्टि कमिटी पुनर्गठन तथा जबस मोर्चाको टोल कमिटी गठन गरिएको छ भने सो भेलाबाट विभिन्न पार्टीका १० जना व्यक्तिहरु माओवादीमा प्रवेश गरेका छन् । वडा नम्बर ५ ज्यामिरेमा टोल पार्टी कमिटिको भेला गरी जवस मोर्चा कमिटीको गठन गरिएको छ । सो भेलामा पनि विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई स्वागत गरीएको छ ।

अभियानकै शिलशिलामा जिल्लाको वाग्मति गाउँपालिका वडा नंबर ६ कायर टोलमा पनि पार्टि कमिटीको भेलाले पार्टी कमिटी र जवस मोर्चा कमिटीको गठन गरेको छ । पुनर्गठन गरिएको सबै कमिटी र जवस मोर्चाका नेतृत्वहरुले आफ्नो क्षेत्रमा माओदी अभियानलाई तिव्रता दिने र पार्टी निर्माणमा स्थानीय स्तरबाट प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता गरेको छ ।

जिल्लैभरी माओवादी रुपान्तरण अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् भने स्थानीय स्तरमा पार्टी निमाणको अभियानलाई पनि तिव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस