काठमाडौं। पार्टी कामको शिलशिलामा अछाम पुगेका नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।शरीरको दाहिने भागमा पक्षघात भएपछि उनलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं ल्याउन लागिएको माओवादी केन्द्र सुदूरपश्चिमका नेता खगराज भट्टले जानकारी दिए ।
‘पार्टी कामको शिलशिलामा हिजो रातिमात्र अछामको साफेबगर पुगेका थियौं, आज बिहान ६ बजेतिर उहाँलाई समस्या देखियो, शरीरको दाहिने पाटो चलेको छैन,’ आचार्यसँगै रहेका नेता भट्टले भने, ‘डाक्टरले काठमाडौं लैजान सुझाव दिएपछि अहिले नेपालगञ्ज एयरपोर्टमा छौं ।’
पूर्वसांसद समेत रहेका आचार्य माओवादीको सुदूरपश्चिम इन्चार्ज हुन् । २०५६ सालमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका आचार्य शान्ति प्रक्रियापछि माओवादी प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १२ : ५६
लेखकबाट थप