शेयर बजार दोहोरो अंकले घट्यो, एक अर्ब १९ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १६ : ०१
शेयर बजार दोहोरो अंकले घट्यो,  एक अर्ब १९ करोडको  कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ ।

सोमबार मात्रै ५ अंकले वृद्धि भएको नेप्से परिसूचक आज १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ३९ लाख ६५ हजार ९१७ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँको कारोबार भएको छ ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था, घलमेदी हाइड्रो लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम२ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

मंगलबार बजार पूँजीकरण २९ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस