बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १५ : ५७
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति

धनगढी । सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे । 

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयकाे भवन भत्केकाे खबर छ । मानविय क्षतिकाे भएकाे जानकारीमा आएकाे छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस