नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ७३ करोडको कारोबार

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १६ : ०२
नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार भएको छ ।

आज ११ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकीका २ उपसूचकमा रातो पोतिएको छ । आज होटल तथा पर्यटन ०.९२ र उत्पादन तथा प्रशोधन उपसूचक ०.०९ प्रतिशतले घटेका छन् । विकास बैंक उपसूचक १.३३ र म्युचुअल फण्ड उपसूचक १ प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस