काठमाडौँ । बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको छ । आइतबार बिहान ११:३० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १:३० बजे मात्र सुरु भएको हो ।सत्तारुढ दल र प्रतिपक्ष दलहरूको संसदीय समितिको बैठकका कारण प्रदेशसभा बैठक प्रभावित भएको हो ।
आइतबार संसद्मा २ वटा बैठकहरू सञ्चालन हुने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभाको पहिलो बैठकमा शून्य समय रहने छ भने सोही बैठकमा २ जना मन्त्रीहरूले आफ्नो धारणा राख्ने छन् ।
उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले धारणा राख्ने छन् ।
प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश कामकाजको भाषा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने र सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।प्रदेशसभा बैठक अघि बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय समितिको बैठकले सदनमा प्रस्तुतिका विषयमा छलफल गरेको थियो ।
उक्त दलले संसद्मा मूल्यवृद्धि, सरकारका काम कारबाही, संसदीय समितिको भूमिका र समसामयिक विषयमा बोल्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्षविहीन
प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापिस्टको दरबन्दी थप गर्ने मन्त्री जोशीको प्रतिवद्धता
कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा हुने
धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
अनेरास्ववियु बागमती प्रदेश अध्यक्षमा बुढाथोकी
काँग्रेस बागमती प्रदेश प्रमुख सचेतकमा लम्साल नियुक्त