काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बहिस्कार गरेको छ ।रास्वपा सभापति रवि लामिछानेले चाड पर्वको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिविरुद्ध प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गरेको जानकारी दिएका हुन् ।
उनले मूल्यवृद्धिविरुद्ध थप विरोधका कार्यक्रम गर्ने संकेत गरेका छन् । 'चाड पर्वहरूको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,' सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्, 'यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्युले बोलाउनुभएको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रमबारे जानकारी दिनेछौं।'
प्रधानमन्त्री प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाएका छन् ।नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा