काठमाडौँ । नेपाल राष्ट्र बैंकले आउँदो असोज १५ गते १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो ।
विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले असोज १४ गते ऋणपत्रको बोलकबोल हुने जनाएको छ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना गरेको छ ।
२०८० असोज १५ गते बिक्री हुने ऋणपत्र आगामी २०८८ असोज १५ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने प्रत्येक ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ ।
कूल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो