एमाले अधिवेशन: पक्ष-विपक्षमा नाराबाजी नगर्न 'माइकिङ', गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, ११ : ०७
एमाले अधिवेशन: पक्ष-विपक्षमा नाराबाजी नगर्न 'माइकिङ', गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी

काठमाडौं। नेकपा (एमाले)को बाग्मती प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान साढे ११ बजे मतदान शुरू गर्ने कार्यतालिका छ ।सहमतिमै नेतृत्व चयन गर्ने लामो प्रयास सफल नभएपछि मतदान हुन लागेको हो । मतदान हुने भएसँगै उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् ।

 

अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्ण दाहालले उमेदवारी दिएका छन् । उनीहरूले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन् । 

 

भोट माग्दा पक्ष विपक्षमा नाराबाजी नगर्न निर्वाचन कमिटीले अनुरोध गरेको छ । प्रचारका क्रममा पक्ष-विपक्षमा नाराबाजी नगर्न कमिटीले माइकिङ गरेको छ ।पक्ष-विपक्षमा नाराबाजी गरे उम्मेदवारी खारेज गरिदिने कमिटीले चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस