भारतविरुद्धको अन्तिम एकदिवसीयमा अस्ट्रेलिया विजयी

एजेन्सी

विहीबार, ११ असोज २०८०, ०८ : ३४
भारतविरुद्धको अन्तिम एकदिवसीयमा अस्ट्रेलिया विजयी

एजेन्सी । भारतसँगको एकदिवसीय सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया विजयी भएको छ।

तीन खेलको सिरिज यसअघिनै भारतले सुरुवाती दुई खेल जितेको थियो। भारतले अन्तिम खेलमा पराजित भएपनि सिरिज २-१ ले कब्जा गर्यो। अब अस्ट्रेलिया र भारतबीच एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा ८ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछन्।

राजकोटमा भएको खेलमा भारत ६८ रनले पराजित भएको हो। बुधबार टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो। जुन यो मैदानमा सर्वाधिक उच्च स्कोर हो। जवाफमा भारत ४९.४ ओभरमा २ सय ८६ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि ४ विकेट लिएका ग्लेन म्याक्सवेल प्लेयर अफ द म्य घोषित भए।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि डेभिड वार्न र मिचेल मार्सले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरे। वार्नरले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा मार्सले ९६ रनको इनिङ खेले। त्यस्तै स्टिभ स्मिथले ७४ रन बनाउँदा मार्नुल लबुसेनले ७२ रन बनाए।

४ खेलाडीको अर्धशतकीय स्कोरमा भारतले उच्च रन बनाएको हो। त्यस्तै प्याट कमिन्स १९ रनमा अविजित रहे। भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा कुलदीप यादवले २ र मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान १-१ विकेट लिए।

३ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ओपनर शुभमन गिललाई आराम दिएको थियो। ओपनिङमा आएका कप्तान रोहित शर्माले ८१ रनको सानदार इनिङ खेल्दा वासिङ्गटन सुन्दरले १८ रन बनाए। त्यस्तै विराट कोहलीले ५६ तथा श्रेयस अय्यरले ४८ रन बनाए। रवीन्द्र जडेजा ३५ रन बनाएका थिए।