सुदूरपश्चिम प्रदेश : मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, २० : ३२
सुदूरपश्चिम प्रदेश : मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मङ्गलवार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। 

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारको रूपमा रहने व्यवस्था छ। नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

जोशीको शपथ ग्रहण बिहीबार दिउँसो गर्ने तयारी गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस