नेपाल टाइब्रेकरमा भारतसँग पराजित

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, २० : ३०
नेपाल टाइब्रेकरमा भारतसँग पराजित

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो ।

प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित भयो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए । तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।

अहिलेको खेल जित्ने टिम भारतले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । पाकिस्तान भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस